अत्तरिया : अखिल (समाजवादी) चौमाला बहुमुखी क्याम्पस इकाई कमिटिद्वारा आयोजित बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कैलालीको गौरिगंगा नगरपालिका रहेको कलेजको खालिठाउमा छुट्टाछुट्टै प्रजातिका विरुवाहरु रोपिएको संगठनका ईकाई अध्यक्ष बिन्द्रा सी ले जानकारी दिईन।
वृक्षारोपण कार्यक्रममा संगठनका केन्द्रिय कोषाध्यक्ष तथा शुप प्रदेश ईन्चार्ज बबरजङ्ग सी, नेकपा कैलाली सचिव सिताराम सी , संगठनका केन्द्रीय सचिवालय सदस्य तथा कैलाली ईन्चार्ज महेश सी, केस तथा कैलाली संयोजक बिनोद सी, क्याम्पस इकाईका सदस्यहरु, आम विद्यार्थी शिक्षक र कर्मचारी लगायतको उपस्थिती रहेको थियो।
वृक्षारोपण गर्नु पुर्व कोणसभा कार्यक्रममा बोल्दै केन्द्रीय कोषाध्यक्ष बरबरजङ्ग सी ले युवा विद्यार्थिहरुले वातावरणलाई संरक्षित गर्नु र भविस्यमा आईपर्ने वातावरणिय चुनौतिलाई सामनागर्न वृक्षारोपण कार्यक्रमले टेवा पुग्ने बताए । उक्त कार्यक्रमको संचालन इकाई अध्यक्ष बिन्द्रा सी ले गरेकी हुन ।