अनेरास्ववियुले सुदूरपश्चिम विश्वविद्यालयको राष्ट्रिय कमिटिको संयोजकमा : रावल

अत्तरिया : अनेरास्ववियुले सुदूरपश्चिम विश्वविद्यालयको राष्ट्रिय कमिटिको संयोजकको जिम्मेवारी राजेन्द्र रावललाई दिएको छ । अनेरास्ववियुको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटिका इन्चार्ज रोहित बमले लामो समयदेखि नेतृत्वविहीन रहेको भन्दै रावललाई संयोजकको जिम्मेवारी दिइएको जानकारी दिएका छन् ।

रावल यसअघि विश्वविद्यालय कमिटिको कार्यसमिति सदस्य थिए । कमिटिको सहसंयोजकमा सुरेन्द्र जोशी र सचिवको जिम्मेवारी गणेश नाथलाई तोकिएको छ । गत निर्वाचनमा सुदूरपश्चिम विश्वविद्यालयका अनेरास्ववियु संयोजक चेतन अयडीको हत्या भएपछि कमिटि नेतृत्वविहीन अवस्थामा थियो । संयोजक, सहसंयोजक र सचिवको जिम्मेवारी तोकेको राष्ट्रिय कमिटिले चाडै कार्य समितिलाई पूर्णता दिइने जनाएको छ

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.