Agni Offset Press

धनगढीको ग्यालेक्सीमा बिबिएकै शैलीमा बिबिएस

Aarati simant

अत्तरिया : धनगढीको ग्यालेक्सी मल्टिपल कलेजले प्लस टू मा विज्ञान तथा कानुनी संकाय उत्कृष्ट नतिजा ल्याउन सफलसंगै ब्याचुलर लेभल पनि सुरु गरेको छ । वि. सं २०८० देखि ब्याचुलर लेभलमा बिबिस पढाई सुरु गरेको हो ।
धनगढी उपमहानगरपालिका–१ मा रहेको ग्यालेक्सी मल्टिपल कलेजमा स्थापना देखि नै बिबिए कै शिक्षण पद्धतिमा बिबिएस पढाई भइरहेको छ । न्यूनतम् शुल्कमा गुणस्तरीय व्यवस्थापन संकायको शिक्षा प्रदान गर्नु यस कलेजको उद्देश्य रहेको छ । त्रिभुवन विश्वबिध्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा बिबिएसको पढाई हुन थालेको यो दोस्रो वर्ष भएको ग्यालेक्सी मल्टिपल कलेजका प्रमुख जेडी भट्टले बताए । ‘बिबिए पढ्न नसकेकाहरुलाई न्यूनतम शुल्कमा बिबिस पढाई सुरु गरेको छ’ उनले भने । ‘गुणस्तरिय शिक्षा दिने नै हाम्रो मुल लक्ष्य हो ।’ किताबि ज्ञान भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिएको उनले बताए । त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त भएको हुँदा पहिलो बर्ष नै धेरै विद्यार्थीरुहको संख्या रहेको यस बर्ष थप बढ्ने उनले विश्वास व्यक्त गरे ।
यहाँ पढाइ हुने बिबिएसमा अन्य कलेजको तुलनामा बढी फाइदा रहेका छन् । बिबिए शैलीमा पढाई, सेमिनार, तालिम, देश विदेशमा शैक्षिक भ्रमण, अनुभवी र विषय विज्ञ प्राध्यापकद्वारा पढाइने ग्यालेक्सी कलेजका प्रमुख भट्टले बताए । अहिले बिबिस कार्यक्रम मात्र रहेकोले पढाईमा विशेष जोड दिने गरेको उनको भनाई रहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.