अत्तरिया : कैलालीमा औलो रोगका बिरामीको संख्या १ सय ४० पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा कैलालीमा सो संख्याका औलो रोगका बिरामी पुगेका हुन ।
अन्य स्थानीय तहभन्दा गौरीगंगा नगरपालिकामा सबैभन्दा बढी ३८ जना औलो रोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरीक्षक विमला ज्ञवालीले जानकारी दिइन ।
गोदावरी नगरपालिकामा २४, लम्कीचुहा नगरपालिकामा ८, टिकापुर नगरपालिकामा २३, घोडाघोडी नगरपालिकामा १० र धनगढी उपमहानगरपालिकामा २२ जना औलोका बिरामी फेला परेको उनले बताइन । त्यस्तै, भजनी नगरपालिकामा ३, मोहन्याल गाउँपालिकामा ३, चुरे गाउँपालिकामा १, बर्दगोरिया गाउँपालिकामा ४, जानकी गाउँपालिकामा २ र जोशीपुर गाउँपालिकामा १ जना रहेको उनले बताइन ।
जिल्लामा डेङ्गुका बिरामी संख्या १ हजार ८३ रहेका छन । गोदावरी नगरपालिकामा १ सय ५१, लम्कीचुहा नगरपालिकामा ३ सय ११ र टीकापुर नगरपालिकामा २ सय २७ जना बिरामी फेला परेको उनको भनाइ छ । बर्दगोरिया गाउँपालिकामा ८७, घोडाघोडी नगरपालिकामा ७०, धनगढी उपमहानगरपलिकामा १ सय ८३, भजनी नगरपालिकामा १२, जानकी गाउँपालिकामा ३०, मोहन्याल गाउँपालिकामा ६ र चुरे गाउँपालिका १ जना डेङ्गुका बिरामी फेला परेको उनले बताइन् ।
चालु आर्थिक वर्षको साउन महिनाको अन्तसम्म ४० जना डेङ्गुका बिरामी फेला परेका छन । विभिन्न निजी अस्पताल र सरकारी अस्पतालमा सो संख्याका बिरामी पत्ता लागेको उनले बताइन् । रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्ने, पानी जम्न नदिने, झुलको प्रयोग गर्ने, लामखुट्टेको वृद्धि विकास रोक्ने, घरको वरपर सरसफाइ गर्ने र रोग लागिहालेमा उपचार गरेमा रोग निको भएर जाने उनले बताइन् ।
सम्बन्धित पाेस्टहरु