
अत्तरिया : नेपाल लोकतान्त्रिक खेलकुद संघको सुदूरपश्चिम संयोजकमा सुरेन्द्र बिस्टलाई मनोनयन गरिएको छ । लोकतान्त्रिक खेलकुद संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।
पछिल्लो समय काँग्रेस केन्द्रिय कार्यालयले आफ्ना शुभेच्छुक संस्थालाई चलायमान बनाउन विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी दिदै आएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार शेरचनद्वारा हस्ताक्षरीत पत्रमा बिस्टलाई सुदूरपश्चिम संयोजकमा मनोनयन गरिएको जानकारी गराइएको छ ।
लामो समयदेखि खेलकुद गतिविधिमा सकृय बिस्ट विशेष गरि कराँते खेल मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो उपस्थिति जनाउँदै आएका थिए । पछिल्लो समय भने बिस्ट महिला आत्मरक्षा सम्बन्धि जनचेतनामूलक कार्यक्रम र तालीमका साथ देशका विभिन्न ठाउँमा कार्यक्रम गर्दै आएका छन् ।
