चैतन्य पाठशालाले मनायो कला–संस्कृति उत्सव

धनगढी, १४ असोज : धनगढीमा रहेको चैतन्उ पाठशालाले कला–संस्कृति ‘हाम्रो पहिचान, मौलिकता हाम्रो शान’ भन्ने मुलनाराका साथ चैतन्य कला संस्कृति उत्सव २०८१ एक कार्यक्रम गरी सम्पन्न भएको छ । विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा चैतन्यले कला संस्कृति कार्यक्रम आयोजना गरीएको हो ।
शिक्षा र संस्कारलाई मुल जोड दिदै आएको चैतन्य पाठशाला हरेक वर्ष यस प्रकारका कार्यक्रम गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी रहेका थिए ।
जोशीले चैतन्यले बेलाबेलामा गरिरहेका यस्ता सांस्कृतिक उत्सवहरूले विद्यार्थीलाई सामाजिकिकरण हुन सहयोग गर्नुका साथै कला संस्कृति संरक्षणमा पनि ठुलो योगदान पुगाएको बताए । कार्यक्रममा चैतन्य पाठशालाका सिईयो गणेशप्रसाद जोशीले पाठशालाका यस्ता अतिरिक्त क्रियाकलापहरुमा अभिभावक लगायत लगायत सरोकार राख्ने व्यक्तिबाट हौसलाले थप उर्जा मिलेको र आगामी दिनमा पनि सहयोगको आशा लिएको बताए ।
त्यस्तै कार्यक्रममा चैतन्य पाठशालाका प्राधानाध्यापक कटकबहादुर सिहँले कला संस्कृतिलाई जर्गेना गर्नुपर्ने बताए । ‘हाम्रो कला संस्कृति हाम्रो पहिचान, मौलिकतामा’ चैतन्यको सधैं साथ रहेको उनले बताए । कार्यक्रममा साँस्कृति प्रस्तुति, स्थानीय कलाकारको प्रस्तुति, स्थानीय मौलीक परिकार, देउडा प्रस्तुति रहेको थियो ।
कार्यक्रमको विद्यालयका पिटीए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रमा पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, उद्योग पति ओमप्रकाश अग्रवाल, अभिभावक, शिक्षक, शिक्षिका विद्यार्थी लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षिका हेमा जोशीले गरेकी थिईन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.