
अत्तरिया, १५ असोज : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल संचालक महिलासहित युवायुवती पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर २ स्थित आदर्श गल्लीमा रहेकोे रोहित होटल एण्ड लजबाट होटल सञ्चालकसहित दुई महिला र एक पुरुष पक्राउ परेका हुन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
