Agni Offset Press

अत्तरियाको सत्कार होटेल थप लगानीका साथ सञ्चालनमा, ७ करोड लगानी

Aarati simant

अत्तरिया, २१ असोज : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा सत्कार होटेल थप लगानीका साथ संचालनमा आएको छ । सोमबार संचालनमा आएको होटेल गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले बीरेन्द्र भट्टले रिवन काटेर उद्घाटन गरेका हुन् ।
होटल संचालक हुकुम चोखालले ७ करोड बढीको लगानीमा उक्त होटल सञ्चालन बताए । आकर्षक भौतिक संरचना सहित आरामदायी १२ वटा अटेज रूम, अण्डर ग्राउँड पार्किङ, खानाका विभिन्न स्वादिष्ट परिकारहरू लगायतको सुविधा उपलब्ध गराएको उनले बताए ।
संचालनमा आएको सत्कार होटलले १२ जना व्यक्तिहरूलाई रोजगार प्रदान गरेको छ । उद्घाटन र्काक्रममा गोदवरी–१का अध्यक्ष एवम् नगर प्रवक्ता गोपादत्त भट्ट, होटेल व्यावसायी महासघं नेपालका केन्द्रिय सदस्य तथा होटल व्यावसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पान्डे, महासचिव आभिषकुमार चन्द, इलाका प्रहरी कार्यलय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापा, एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्ट, गोदावरी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरा लगायतको सहभागिता रहेको थियो ।
महासचिव शंकर खड्का, गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष मोहम्मद नैमुदिन भाट, गोदावरी होटल व्यावसायी संघका अध्यक्ष लक्ष्मण धामी, महिला तथा बालबालिका सेफ हाउसकि अध्यक्ष जानकी मलासी लगायत विभिन्न संघ तथा व्यवसायीहरुको उपस्तिथि रहेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.