अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा ५ टन बराबरको कोल्ड स्टोर निर्माण गरिएको छ । कोल्ड स्टोरको मेयर विरेन्द्र भट्टले आज (बिहिबार) उद्घाटन गरेका छन् ।
यूएसएआईडी तयार नेपालले निर्माण गरेको कोल्ड स्टोरको कृषि वजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टलाई हस्तान्तरणपछि नगर प्रमुख भट्टले उद्घाटन गरेका हुन्। नगर प्रमुख भट्टले गोदावारी नगरपालिकले तयार नेपाल सँग समन्वय गरेर ५० क्विन्टल बराबरको कोल्ड स्टोर निर्माण गरिएको बताए। किसान तथा व्यापारीहरुलाई आफ्नो उपज वस्तुहरू भण्डारण गर्न धेरै दिनसम्म टिकाउन कृषि हाटबजार उपयुक्त रहेको हुँदा यस क्षेत्रमा निर्माण गरिएको उनले बताए।
कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले कोल्ड स्टोर सञ्चालनमा आए संगै किसान व्यापारीलाई तुरुन्तै कुहिनसक्ने उपजगहरुबाट राहत पुग्ने भएको बताए । उनले किसान लगायत व्यापारीहरूको विक्रि नभएको साथै छिट्टै कुहिन सक्ने उपज वस्तुहरूलाई कोल्ड स्टोरमा भण्डार गरे पछि छिट्टै नकुहिने यसले राहत मिल्ने बताए। उनले उक्त कोल्ड स्टोरमा कार्य विधि अनुसार किसान व्यापारीहरूको उपज वस्तुहरू भण्डारण गरिने बताए । कोल्ड स्टोर यूएसआईडीको करिब ८ लाख बढीको लगानीमा निर्माण गरिएको हो।