अत्तरियाको एपेक्स एकेडेमीले विद्यार्थीको होमवर्क लागि तरकारिको बीउ वितरण, तिहारपछि फलाएर ल्याउनुपर्ने
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा रहेको एपेक्स एकेडेमीले दशैँ बिदाको अवसरमा विद्यार्थीलाई गृहकार्यकारुपमा विभिन्न जातका तरकारीको बिउ दिएको छ ।
विद्यार्थीलाई तिहारपछि उक्त तरकारीको नमुना ल्याउनुपर्ने छ । विद्यालयले विद्यार्थीलाई पहिलो दिनको फोटोदेखि फलाएर स्कूलमा नमुना ल्याउन्जेलसम्मको फोटो खिच्नुपर्ने गृहकार्यको रुपमा दिएको छ । सोबाट विद्यार्थीको आन्तरिक मूल्याङ्कन पनि गरिने जनाएको छ ।
जसबाट विद्यार्थीको आन्तरिक मूल्याङ्कन पनि गरिने विद्यालयका प्रधानाध्यापक समीर महराले जानकारी दिए । उक्त तरकारी विद्यार्थीले स्कूल आयोजना हुने कृषि हाट बजारमा ल्याएर आफै बिक्री समेत गर्ने सक्ने छन् । ‘दसैँ र तिहारका अवसमा सबै भन्दा लामो विदा दिईन्छ’, उनले भने । ‘विद्यार्थीहरुलाई तरकारि बीउ फलाउने गृहकार्य दिएमा कृषि व्यवसाय पनि गर्न सिक्न र सिकाउने अवसर पाउने हुँदा विद्यालयले यो प्रयास गरेको हो ।’ विद्यार्थीलाई पढाई संगसंगै व्यवसायीक पनि बनाउन आवश्यक रहेको महशुष गरेर विद्यालयले बीउ विरतण गरेको उनको भनाई छ ।