अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले हरियाली प्रबद्र्धन सगैं नागरिकहरुलाई बनबाट आर्थिक आय आर्जन गराउने उद्देश्य सहित सामुदायिक बनमा बिभिन्न मसालाजन्य बोट बिरुवाहरु बृक्षारोपण अभियान थालेको छ । सामुदायिक बनमा आर्थिक लाभ हुने खालका बिरुवा रोप्ने अभियान थालेको नगरपालिकाले हजारौँ बिरुवा रोपिसकेको छ । चिउरी, बेल, कागती, तेजपत्ता, अमला, उन्नत जातका घाँसहरु, विजय साल लगायतका बिरुवा रोपिएपछि भविश्यमा समुदायले निकै आर्थिक लाभ लिन पाउने छन् ।
जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ पहरियामा रहेको श्री ऐश्वर्य सामुदायिक वन उपभोक्ता समुह मार्फत पालिकाले हजारौँ बोट बिरुवा रोपेको छ । पहरिया तथा दोमिल्ला क्षेत्र मौरी पालनको पकेट क्षेत्र रहेकाले मह उत्पादनमा सहज गराउन हजारौँ चिउरीका बोट रोपिएको बनका अध्यक्ष ईश्वर बहादुर बुढाले बताए । उनका अनुसार चिउरीका साथै बेल, कागती, तेजपत्ता, अमला, उन्नत जातका घाँसहरु, विजय साल लगायतका विरुवाहरु रोपिएका छन् । ऐश्वर्य सामुदायिक वन उपभोक्ता समुह मार्फत वन क्षेत्रको ६० हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको बुढाले बताए । उनले एक महिनामा २० हजार बेल, ७ हजार विभिन्न मसला प्रजातीका विरुवा, २५ सय चिउरीको विरुवा, १० हजार कागती, २ हजार अमलाका बोट रोपिएको बताए। अहिले ४ प्रजातीको नेपियर घाँस पनि बनमा लगाउनुका साथै फुलका बिरुवा सोत रोप्ने तयारी थालिएको छ ।
सम्बन्धित पाेस्टहरु