Agni Offset Press

बझाङ दुर्गाथली घर भएका थापाको भारतमा मृत्यु

Aarati simant

अत्तरिया : सुदूरपश्चिमका एक जनाको भारतमा सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । बझाङको दुर्गाथली गाउँपालिका–१ थापागाउँ घर भएका ३६ वर्षीय नरेन्द्र थापाको स्कुटर दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमवार दिउँसो बैंगलोरको चन्दापुराबाट इलेक्ट्रोनिक सिटि तर्फ जानेक्रममा आफैले चलाएको स्कुटी अनियन्त्रित भएर टाइल्स बोकेर गइरहेको ट्रकको पछाडिको टायर मुनी पर्दा थापाको घटनास्थलमै मृत्यु भएको उनका आफन्त विक्रम भण्डारीले बताए ।
उनी २० वर्षदेखि परिवारसहित भारतमा रोजगारी गर्दै आएका थिए। ट्रक चालक भारतीय नागरिकलाई त्यहाँको प्रहरीले थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाइएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.