अत्तरिया : धनगढीमा १२ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ पशुपती टोलमा कमल मल्लको टिनले छाएको १ तले घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय कमलराज अधिकारीसहित १२ जना पक्राउ परेका हुन्।
उनीहरुलाई वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगद २७ हजार ६५ रुपैँया र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।