Agni Offset Press

आज बिदा भएकाले रविलाई आइतबार अदालतमा उपस्थित गराइने

Aarati simant

पोखरा : सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। आज शनिबार बिदा भएकाले भोलि आइतबार अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलीयाका अनुसार आइतबार लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको हो। सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि लामिछानेलाई शनिबार बिहान पोखरा पुर्‍याइएको छ। शुक्रबार साँझ रास्वपाको केन्द्रीय कार्यालय काठमाडौँको बनस्थलीबाट पक्राउ गरेर उनलाई प्रहरीले पोखरा पुर्‍याएको हो। जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै पोखरा पुर्‍याइएको हो।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान पौने ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ। लामिछानेलाई पोखरा पुर्‍याउँदा रास्वपाका नेता तथा कार्यकर्ताले सरकारको विरोधमा नाराबाजी गरेका थिए।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.