Agni Offset Press

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

Aarati simant

काठमाण्डौँ : सहकारी ठगीमा अनुसन्धानका लागि शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की प्रहरीले ६ दिन हिरासतमा राख्ने अनुमति पाएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आजको बहसमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र पीडितका तर्फबाट वेदबहादुर विष्टले अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र नारायण घिमिरेले बहस गरे । जिल्ला अदालत कास्कीको पक्राउ पुर्जीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबी ले लामिछानेलाई काठमाडौंस्थित रास्वपा कार्यालयबाट पक्राउ गरेको थियो ।

उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पोखरा पुर्याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा अहिलेसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूमध्ये ९ जना पक्राउ परेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.