Agni Offset Press

धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ

Aarati simant

अत्तरिया : कैलालीको धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१२ मनेहरा सिविरबाट सोही ठाउँ बस्ने २४ वर्षीय नविन चौधरी, २२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी र २२ वर्षीय लोकेन्द्र गिरी पक्राउ परेका हुन्। यी चार जनालाई २ सय ९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित फेला पारि प्रहरीले पक्राउ गरेको हो।
यस्तै धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट गोदावरी नगरपालिका–१० दमौरा बस्ने २१ वर्षीय निराजन ताम्राकार ३ सय ६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–७ सद्‍भावना टोलबाट सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त चौधरी पनि ३ ग्राम १८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। यी ६ जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.