![Agni Offset Press](https://agnisamachar.com/wp-content/uploads/2024/08/Agni-Offset-Press-scaled-1.jpg)
अत्तरिया, ५ कात्तिक : सेती महाकाली ट्रक ब्यवसायी सघंको अध्यक्षमा मोहन सिहं साउँद को टिम प्यानल सहित विजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनबाट साउँद सहित पुरै प्यानल निर्वाचित भएको हो ।
सघंको ९ औँ अधिवेशनबाट २ सय ६३ मत सहित साउँद अध्यक्षमा निर्वाचित भएका हुन् । साउँदका प्रतिद्वन्द्वी बिरेन्द्रबहादुर सिहंले ७४ मत मात्रै प्राप्त गरेका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा साउँद प्यानलकै योगेन्द्र बम २ सय ६३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी टेकबहादुर देउवाले ७१ मत प्राप्त गरे । प्रथम उपाध्यक्षमा साउँद प्यानलकै रमेश प्रसाद बोहरा २ सय ३६ मत सहित विजयी हुँदा प्रतिद्वन्द्वी सुरेन्द्र रावलले ९५ मत प्राप्त गरे ।
यस्तै महासचिवमा साउँद प्यानलकै धुब्रराज कार्की २ सय ३४ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्वन्दी प्रेम बिष्टले ८७ मत प्राप्त गरे । सचिवमा साउँद प्यानलकै हरिसिहं बोहरा २ सय ६३ मत सहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी दिपकराज भट्टराइले ६७ मत प्राप्त गरे । सह कोषाध्यक्षमा साउँद प्यानलकै धनबहादुर साउँद २ सय २५ मत सहित विजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वी राजेन्द्रबहादुर बमले १ सय २ मत प्राप्त गरे । सदस्यहरुमा महेसप्रसाद पनेरु, लोकेन्द्रबहादुर ऐरी, धर्मराज पडाल, कृष्णसिहं भाट, डम्मरबहादुर बिष्ट, सुरज श्रेस्ठ, रामबहादुर बिष्ट, बिसाल चौधरी, दिपकराज भट्ट, प्रेमबहादुर रावल र आदर्श आचार्य बिजयी भएका छन् ।
![Godawari Janhitma Jari Sandes](https://agnisamachar.com/wp-content/uploads/2024/08/galaxy-multiple-campus-add.jpg)