Agni Offset Press

बाल संरक्षण सुचना व्यवस्थापन प्रणाली सम्बन्धि तालिम धनगढीमा सुरु

Aarati simant

अत्तरिया, ५ कात्तिक : धनगढीमा बाल संरक्षण सुचना व्यवस्थापन प्रणाली सम्बन्धि तालिम सुरु भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा विकासका लागि युवा एक्यवद्धता (यार्ड) कैलालीको सहजीकरणमा सोमबार देखि दुई दिने तालिम सुरु भएको हो ।
तालिम उद्घाटन सत्रको यार्ड कैलालीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको हो । अध्यक्ष भण्डारीले सहयात्रा परियोजना अन्र्तगत बाल अधिकार सुनिश्चित गर्ने संस्थाको लक्ष्य रहेको बताइन् । ‘बाल क्लव मार्फत समुदाय स्तरमा काम गर्दछौँ’, उनले भनिन् । ‘बाल अधिकारको बारेमा जनचेतना फैलाउने लक्ष्य हो ।’ सरोकारवाल निकायहरुसंग समन्व र सहकार्य गरेर बालबालिकाहरुलाई भयरहित वातावरण सिर्जना गर्ने संस्थाको लक्ष्य रहेको उनले बताईन् । यस्तै कार्यक्रममा यार्ड कैलालीका कार्यक्रम संयोजक डम्बर बोहराले धनगढीको ४ वटा वडाको ४ विद्यालयमा काम सुरु गरेको बताए ।
तालिममा सहजीकरण अधिकारकर्मी प्रेमबहादुर बुढाले गरिररहेका छन् । उनले पहिले दिन सुदूरपश्चिममा बालबालिकाहरुको अवस्था र सरकारले गरिरहेका प्रयासका बारेमा जानकारी गराए । यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा बाल अधिकारका विषयमा भएको व्यवस्था बालअधिकार विश्वव्यापी सन्धि र संविधानमा भएको व्यवस्थाको बारेमा पनि सहभागिहरुलाई जानकारी गराए । तालिमममा धनगढी उपमहानरपालिकाको जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विभिन्न संघ संस्थामा संलग्न अधिकारीकर्मी र पत्रकारहरको सहभागिता रहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.