पार्टी नीति र नेतृत्व बिरुद्ध जाने छुट कसैलाई छैन : पोलिटब्युरो सदस्य भण्डारी

अत्तरिया : नेकपा एमालेकी पोलिटब्युुरो सदस्य लिला भण्डारीले पार्टी नेतृत्व बिरुद्ध कसैले जान नहुने बताएकी छन् । नेकपा एमाले धनगढी उपमहानगरपालिका कमिटिले आयोजना गरेको तिहार तथा छठ पर्वको सुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य भण्डारीले पाटी निति र नेतृत्वका बिरुद्ध जाने छुट कसैलाई नरहेको बताएकी हुन् । कार्यक्रमकी प्रमुख अतिथि रहेकी भण्डारीले पाटी बाहिरबाट भएको आक्रमणलाई पाटी भित्रबाट परास्त गर्नुपर्नेमा जोड दिइन् ।

नेकपा एमाले देशको ठुलो शक्ती हो त्यस कारण एमाले प्रती घेराबन्दी भइरहेको छ उनले भनिन् “पाटी बाहिरबाट भइरहेको आक्रमणले कुनै समस्या गर्दैन, सामाजिक सञ्जालबाट भइरहेको आक्रमणलाई हामीले सहजै जवाफ दिन सक्नुपर्छ, बाहिरको आक्रमणले भन्दा पाटी भित्रबाटै हुने आक्रमणले खतारा निम्त्याउछ, त्यस कारण पाटीको निति र नेतृत्व बिरुद्ध कसैलाई नजान आग्रह गर्दछु, पाटी नेतृत्व बिरुद्ध जाँदा अराजकता पैदा हुन्छ र पाटी खतरामा पुग्छ ।” भण्डारीले आफु काम नगर्ने तर अरुको आलोचना र बिरोध गर्ने पारीपाटी पनि बढेको बताइन् । पाटीको कामका लागी जो साथीहरुले जिम्मेवारी पाउनुभएको छ आफ्नो जिम्मेवारी पुरा गर्नुस, नपाएकाले सहयोग गर्नुस उनले भनिन् “यो ब्यक्तीगत स्वार्थ कसैको छैन, सबैले आफ्नो जिम्मेवारी पुरा गर्ने हो, एमाले पाटी बनाउने र देश बनाउने सकंल्प बोकेर आउनुहोस, हामीले लिएको उद्देश्य पुरा गर्छौँ ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.