अत्तरिया : कैलालीबाट ६ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका-४ माघी गाउँ स्थित कृष्णबहादुर साउदले सञ्चालन गरेको पसलमा जुवातास खेलिरहेको अवस्थामा पसल संञ्चालक सोही ठाउँ बस्ने ४८ वर्षीय साउदसहित ६ जना पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ३१ हजार ५ सय र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।