धनगढीमा कारमा पटाका ल्याउँदै गरेको अवस्थामा एक जना पक्राउ

धनगढी : कैलालीमा एक जना पटाकासहित पक्राउ परेका छन्। जिल्लाको धनगढी उप–महानगरपालिका–८ धनगढीगाँउबाट धनगढी–२ सन्तोषी टोलका ४१ वर्षीय मिनबहादुर बुच्चामगर पटाकासहित पक्राउ परेको प्रहरीले जनाएको छ।

मगरलाई सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८२ नम्बरको कारमा अन्दाजी १ लाख ४ हजार ३४० मुल्य बराबरको ३ कट्टा पटाका ल्याउँदै गरेको अवस्थामा फेलापारी प्रहरीले नियन्त्रणमा लिएको हो।

मगरलाई नियन्त्रणमा लिएर उनी विरुद्ध बिष्फोटक पदार्थ ऐन अनुसार मुद्दा दर्ता गरि जिल्ला अदालत कैलालीबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.