तरुण दलको स्थापना दिवसमा गोदावरी आर्यघाट सरसफाई

अत्तरिया, १० कात्तिक : कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ मा रहेको गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ ।शनिबार नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा गोदावरी आर्यघाटको सरसफाई गरेको हो ।
नेपाल तरुण दलले आयोजना गरेको आर्यघाट सरसफाई कार्यक्रममा नेपाली कांग्रेस कैलाली जिल्ला पार्टी सभापति तथा राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट, प्रदेश सांसद तथा पूर्व भौतिक विकास मंत्री प्रकाश देउवा, पूर्व राज्यमन्त्री टेकबहादुर रैका, गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, कैलाली क्षेत्र न. ४ का सभापति ललित रोकाया, जिल्ला कार्यसमिति सचिव नृप सुनार, वडा अध्यक्ष रवीन्द्र शाही लगायत नेपाल तरुण दलका जिल्ला तथा केन्द्रीय सदस्यहरुको उपस्थितिमा सरसफाई भएको छ ।
सरसफाई कार्यक्रममा कांग्रेस कैलाली जिल्ला पार्टी सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्टले भने । ‘तरुण दलको स्थापना दिवसको अवसरमा सुदूरपश्चिमको पर्यटकीय तथा अन्तिम संस्कार क्षेत्र गोदावरी आर्यघाटमा समय–समयमा सरसफाई गर्नु आवश्येक रहेको छ ।’ तरुण दलले समाज परिवर्तनका लागि समाज सेवामा पनि काम गरेकोले सकारात्मक भएको उनले बताए ।
त्यसैगरी गोदावरी आर्यघाट ब्यावस्थापनका लागि प्रदेशबाट बजेट विनियोजन भएको हुँदा अव केहि सुधार हुने अपेक्षा गरे । कांग्रेसको भातृ संगठन तरूण दलले देशब्यापी रुपमा समाज सेवाको काम गर्दै गरेको समेत उनले बताए । तरुण दलको स्थापना दिवसको अबसरमा देशभर विविध क्रियाकलाप गरी समाज परिवर्तनका लागि काम गर्दैगर्दा कैलालीले पनि गोदावरीको आर्यघाट सरसफाईले गर्दा सबैको हितका लागि काम हुने भएकाले यही कामलाई छानेको र सरसफाई गरेको कैलाली जिल्ला कार्यसमिति अध्यक्ष निराजन खड्काले बताए ।
गोदावरीमा पछिल्लो समयमा मानिसको दाहसंस्कार गर्नेहरु लुगाकपडा तथा पानीका बोतलहरु जथाभावी फाल्ने गरेका कारण आर्यघाट दुर्गन्धित बन्दै गएको छ । आर्यघाटलाई व्यावस्थापन र सरसफाईका लागि नगरपालिकाले समय–समयमा सरसफाई गर्दै आएको तरुण दल गोदावरी नगर अध्यक्ष रमेश भट्टराईले बताए । आर्यघाटमा खानेपानी, व्यवस्थित दाहसंस्कार स्थल लगायतका समस्या रहेका बताउदै उनले आर्यघाट प्रयोग गर्दै आएका कैलाली, कञ्चनपुरका स्थानीय तहहरुले व्यवस्थापनमा लाग्न जरुरी रहेको उनले बताए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.