गोदावरीमा एक जना मृत अवस्थामा फेला By अग्नी समाचार On २०८१ कार्तिक १०, शनिबार १७:५१ अत्तरिया : कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१२ ओलानीस्थित कोल्मोडाको छोट्यास कुलोमा गोदावरी–१२ ओलानी आदर्श बस्ती कृष्ण मन्दिर नजिक बस्ने ४५ वर्षीय करन विक शनिवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।