भीमदत्त नगरपालिका ६ को उप निर्वाचनमा एमालेले बनायो चन्दलाई उम्मेदवार

कञ्चनपुर : नेकपा एमालेले भीमदत्त नगरपालिका ६ मा हुने उप निर्वाचनमा बहादुर चन्दलाई वडा अध्यक्ष उम्मेदवार बनाएको छ । एमाले जिल्ला कमिटीले कञ्चनपुरले शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी चन्दलाई वडा अध्यक्षको उम्मेदवार घोषणा गरेको हो । उम्मेदवार चन्द अवकाश प्राप्त शिक्षक हुन् । शान्ति निकेतन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक चन्द चार महिना अघि शिक्षण पेशाबाट अनिवार्य अवकाश भएका थिए । ४६ वर्ष शिक्षण पेशामा बिताएका उनी उप निर्वाचनमा एमालेबाट उम्मेदवार भएका हुन् । एमाले भीनपा ६ वडा कमिटीले अध्यक्षका उम्मेदवार चन्द र जिल्ला कमिटी सदस्य राजेन्द्र आग्रीलाई उम्मेदवारका लागि नगर कमिटीमा सिफारिश गरेको थियो । केही दिन अघि नगर कमिटीले चन्द र आग्रीबीच छलफल गरी चन्दमा सर्वसम्मत गरी जिल्ला कमिीटमा सिफारिश गरेको थियो ।
एमाले जिल्ला कमिटी सचिवालयले नगर कमिटीको सिफारिश अनुमोदन गरी चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । शनिबार सचिवालय बैठकबाट निर्णय गरी पत्रकार सम्मेलन गरी चन्दको उम्मेदवारी घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा वडा अध्यक्षका उम्मेदवार चन्दलाई टिका लगाएर फूलमाला र खादा लगाइएको छ । एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज निरुदेबी पाल, केन्द्रीय लेखा आयोग सचिवालय सदस्य ईश्वरी प्रसाद खरेल, जिल्ला अध्यक्ष लक्ष्मी बुढाले उनलाई फूलमाला र खादा लगाएकी हुन् । उप निर्वाचनका लागि एमालेले सबैभन्दा पहिलो पटक उम्मेदवारी घोषणा गरेको हो । उम्मेदवारी घोषणापछि पत्रकार सम्मेलनमा वडा अध्यक्षका उम्मेदवार चन्दले संक्षिप्त मन्तव्य राख्दै भीनपा ६ का मतदाता सहित सबैलाई चुनावमा सहयोग गनं आग्रह गरे । चन्दले उप निर्वाचन जितेका आफूले पार्टी निर्देशन र जनताको इच्छा आकाँक्षा अनुसार काम गर्ने प्रतिवद्धना जनाए । एमालेले आफूलाई विश्वास गरी उम्मेदवार बनाएकोमा उनले पार्टीप्रति आभार व्यक्त गरे ।

‘पार्टीले विश्वास गरी मलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ, त्यसका लागि म व्यक्तिगत र वडा नं। ६ का सम्पूर्ण जनताको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु’ चन्दले भने,‘ सम्पूर्ण मतदाता र पत्रकार सहित सबैसित सहयोगका लागि आग्रह गर्छु, मैले जितेमा पार्टीको निर्देशन र जनताको इच्छा आकाँक्षा अनुसार काम गर्ने प्रतिवद्धता गर्दछु ।’ पूर्व प्रधानाध्यापक चन्दको व्यक्तित्व , सामाजिक शैक्षिक क्षेत्रमा पुगाएको योगदान र स्वच्छ छविका कारण वडा अध्यक्षको उम्मेदवार बनाइएको इन्चार्ज पालले बताइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.