जुवाखालबाट भाग्नेक्रममा भिरमा खसेर मृत्यु, ओलानीको छोट्यास कुलोमा फेला प-यो शव

अत्तरिया : कैलालीमा एक जनाको जुवाखालबाट भाग्नेक्रममा भिरबाट खसेर मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१२ का करन विकको जुवाखालबाट भाग्नेक्रमा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त इन्चार्ज प्रहरी निरीक्षक दानसिँ भण्डारीले बताए। उनको शव ओलानीस्थित कोल्मोडाको छोट्यास कुलोमा फेला परेको थियो।

प्रहरी निरीक्षक भण्डारीले विकसँग जुवा खेल्न ८ जना संगलग्न रहेको पाइएको बताए। विकका परिवारले भने उनको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। मृतक विकको सव पोष्टमार्टमलागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.