धनगढीमा उदयदेव बहुउदेश्यीय सहकारीको २६ औँ ईकाईगत साधारण सभा सम्पन्न

धनगढी : कंचनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको ईकाईगत २६ औँ साधारण सभा धनगढी सेवा केन्द्रमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नारा जोशीको अध्यक्षतामा सम्पन्न साधारण सभामा शहकारी प्रशिक्षण केन्द्रका प्रमुख देवराज पन्त प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा अध्यक्ष जोशीले सहकारीको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका हुन । २५ हजार ४० सेयर सदस्य रहेको उदयदेवमा २०८१ असार मसान्त सम्म कुल सेयर पुजी २० करोड ५८ लाख ६९ हजार १०० रहेको अध्यक्ष जोशीले जानकारी दिए । उनले आगामी २ बर्षमा यसलाई वृद्धि गरेर २५ करोड पुगाउने लक्ष्य रहेको बताए । यस्तै २०८०\०८१ मा शुद्द मुनाफा ७ करोड १७ लाख ९८ हजार ४ सय ८३ रहेको जानकारी दिईएको छ ।
केन्द्रीय कार्यालय सहित उदयदेवले अन्य ७ वटा सेवा केन्द्र मार्फत सेवा दिईरहेको छ । धनगढी सेवा केन्द्रमा गरिएको ईकाईगत साधारण सभामा जेष्ठ नागरिक,उत्कृष्ठ समूह र ब्यक्ति,सफल उद्धमीलाई सम्मानका साथै बिध्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
उदयदेवले धनगढी उपमहानगरपालिकाको हरियाली प्रर्बधन अभियानलाई साथ दिदै साधारण सभाकै अवसरमा आफ्ना सेयर सदस्यलाई ५ सय वटा फलफूलका बिरुवा समेत वितरण गरेको सेवा केन्द्र प्रमुख बरिष्ठ शाखा प्रबन्धक मान बहादुर चन्दले जानकारी दिए । उनले सामाजिक उत्तरदायीत्व अन्तरगत उदयदेवले विभिन्न रचनात्मक कामहरु गर्दै आएको पनि जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.