धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ By अग्नी समाचार On २०८१ कार्तिक १२, सोमबार ०७:३९ अत्तरिया : कैलालीमा दुई जना लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका– ८ का ३६ वर्षीय राम बिलास राना र १९ वर्षीय महेश राना लागुऔषधसहित पक्राउ परेका हुन्। उनीहरुको साथबाट ८ सय २० मिलिग्राम लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ।