अत्तरिया : तीन महिनाको अवधिमा सुदूरपश्चिमका २ सय बढी फर्म कारवाहीमा परेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको तथ्याकं अनुसार पछिल्लो ३ महिने अवधिमा सुदूरपश्चिमका २ सय बढी फर्म कारवाहीमा परेका हुन् ।
तीन महिने अवधिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले ७० वटा फर्मबाट पाउरोटी, डुनट, मिठाई, सस, सुजी, चामल, मसला, दुध लगायत म्याद सकिएको खाद्य बस्तु फेला पारेको जनाएको छ ।
कार्यालयकी प्राविधिक सहायक सृजना चौधरीका अनुसार विभिन्न फर्महरुलाई सम्झाई बुझाई गर्नुका साथै आवश्यक कारवाही स्वरुप १ लाख ७१ हजार ३ सय ९२ रुपयाँ बराबरको अखाद्य बस्तु नस्ट गरिएको छ ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराले तिन महिने अवधीमा २ सय ५९ फर्ममा अनुगमन गरेको छ । ति मध्ये ८४ फर्मबाट विभिन्न अखाद्य बस्तु जफत गरी नस्ट गरिएको छ । प्राविधिक सहायक चौधरीका अनुसार अखाद्य बस्तु बिक्रि वितरण गर्ने फर्महरुबाट डडेल्धुरा डिभिजन कार्यालयले १ लाख ६ हजार १ सय ४३ रुपयाँ बराबरको अखाद्य बस्तु नस्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीले ५८ फर्ममा अखाद्य बस्तु भेटेको छ । उपभोग्य मिति नाघेको, सुजी, चिप्स, मसला, लेवल विनाका पनिर, तितौरा, कलर प्रयोग भएको मिठाँई लगायत अखाद्य बस्तु जफत गरी नस्ट गरिएको कार्यालयले जनाएको छ । सो फर्महरुबाट २३ हजार ३ सय ५५ रुपयाँ बराबरको अखाद्य बस्तु बरामद गरी नस्ट गरेको छ ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीले बिभिन्न फर्मको अनुगमन गरी ५ सय किलोग्राम बराबरको तेल, घ्यु, खाद्यान्न मासुजन्य पदार्थ जफत गरी कारवाही गरेको छ । ति फर्महरुबाट १ लाख १२ हजार ५ सय ४५ रुपयाँ बराबरको समान बरामद गरी नस्ट गरिएको छ । सुदूरपश्चिम प्रदेश भरीबाट यि फर्महरुको अनुगमन गरी ४ लाख १३ हजार ४ सय ३५ रुपयाँ बराबरको अखाद्य बस्तु जफत गरी नस्ट गरेको जनाइएको छ ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले ३ महिने अवधीमा २६ खाद्य उद्योगको दर्ताका लागी सिफारिस, ४० खाद्य उद्योगको अनुमतीपत्र नविकरण, ७ नयाँ अनुमती तथा १ सय ६० पटक उद्योगको अनुगमन निरीक्षण गरेको जनाएको छ । यस्तै स्थानीय तहको सहकार्यमा ५६ पटक खाद्य बजार अनुगमन तथा ५१ पटक होटल रेस्टुरेन्टको अनुगमन गरिएको कार्यालयले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र तिन वटा डिभिजन कार्यालयहरुबाट १ सय २७ खाद्य नमुना सकंलन गरी कारवाही प्रक्रिया अगाडि बढाएको कार्यालय प्रमुख हरेराम प्रधानले बताए । यो अवधीमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीबाट ५ सय ८ वटा खाद्य तथा दाना नमुनाको विश्लेसण गरिएको प्रमुख प्रधानले बताए । यस अवधीमा कार्यालयमा प्राप्त नमुनाहरुको विश्लेसण दस्तुर तथा अनुज्ञापत्र जारी, नविकरण र सिफारिस दस्तुरबाट ७ लाख ९६ हजार ४ सय १५ रुपयाँ राजश्व सकंलन गरिएको छ । कार्यालयले चालु र पुजिंगत गरी ४३ प्रतिशत बित्तिय प्रगती गरेको कार्यालय प्रमुख प्रधानले बताए । यसैगरी डिभिजन कार्यालय डडेल्धुराले ६७, डोटीले ५५ र बैतडीले ७३ प्रतिशत बित्तिय प्रगती गरेको कार्यालय प्रमुख प्रधानले बताए ।
सम्बन्धित पाेस्टहरु