कृष्णपुर नगरपालिकाद्वारा नाक कान घाँटी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको आयोजना

अत्तरिया, १२ कात्तिक :  कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नाक कान घाँटी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ। कृष्णपुर नगरपालिकाको आयोजनामा सोमबार सेती प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा नाक कान घाँटी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।


निःशुल्क शिविर कृष्णपुर नगरपालिकाको गुलरिया स्थित २४ घण्टे स्वास्थ्य चौकीमा सञ्चालन भइरहेको छ। शिविर अवधिभरि सेती प्रादेशिक अस्पतालका नाक कान घाँटी विषेशज्ञ डा।सन्तोष डिसी र भदेश विष्टले परामर्श गर्दै आइरहेको छन्। कृष्णपुर नगरपालिका विभिन्न क्षेत्रका बासिन्दाहरुलाई उक्त निःशुल्क स्वास्थ्य शिविरमा सहभागी भई लाभ लिन आग्रह गरे। नि:ल्क शिविर साँझ ५ बजे सम्म चल्ने जनाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.