बझाङमा यात्रु सवार जिप दुर्घटना, ४ जना घाइते

बझाङ : बझाङमा यात्रु सवार जिप दुर्घटना भएको छ। जिल्लाको जयपृथ्बी नगरपालिका–११ भोपुर स्थित ब्यारेक नजिक बा १८ च ५१४९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। ७ जना यात्रु सवार रहेको जिपमा ४ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइते हुनेमा तलकोट गाउँपालिका–१ बस्ने ५६ वर्षीय बिरबहादुर बम्म, ४५ वर्षीया धन लक्ष्मी देवी बम्म, जयपृथ्वी नगरपालिका–११ बस्ने २५ वर्षीया विद्या बोहरा र १७ वर्षीय शंकर धामी रहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.