कृष्णपुरमा नाक, कान, घाँटी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर, २ सय भन्दा बढीले लिए लाभ

अत्तरिया, १२ कात्तिक : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नाक कान घाँटी सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर भएको छ । नगरपालिकाको आयोजनामा सोमबार सेती प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा नाक कान घाँटी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । स्वास्थ्य शाखा प्रमुख रतन विष्टले नगरले स्वास्थ्य सम्बन्धी विभिन्न निःशुल्क शिविरहरु सञ्चालन गर्दै आइरहेको बताए । उनले सोमबार गरिएको निःशुल्क नाक कान घाँटी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा कानको सुनाई परीक्षण गरेर करिब २५ जनालाई श्रवण शक्ति यन्त्र उपलब्ध साथै सर्जरी बाहेकको औषधिहरु निःशुल्क प्रदान गरिने गरी जाँच गरिएको बताए । आवश्यक भए पुनः निःशुल्क शिविर सञ्चालन गरिने समेत उनले बताए । यस अघि नगरपालिकाले निःशुल्क आखाँको शिविर समेत गरी सकेको उनले बताए । उक्त शिविरबाट २ सय भन्दा बढीले लाभ लिएको उनले जानकारी दिए । नगर प्रमुख हेमराज ओझाले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै उक्त निःशुल्क महत्वपूर्ण शिविरको रूपमा रहेको बताए । विशेष गरी बुढापाका लागी स्वास्थ्य संस्थाहरुसम्म जान गार्हो भएको अवस्थामा टाढाटाढा उपचारको लागी धाउने खर्चिलो हुने बाध्यतालाई मध्यनजर गरी निःशुल्क शिविर सञ्चालन गरिएको उनले बताए । शिविरमा चेकजाँच, उपचार र औषधि लगायत आवश्यकता अनुसार एक दमै आवश्यक हुने डाक्टरले भनेको आधारमा श्रवण यन्त्र समेत निःशुल्क गरिएको बताए । कृष्णपुर नगरपालिकाको १२ वटै स्वास्थ्य संस्थामा उपलब्ध गर्ने सेवाहरु निःशुल्क रहेको उनले बताए ।
वडा नं ४ का स्थानीय कर्णबहादुर महराले नगरले आयोजना गरेको उक्त निःशुल्क शिविरले एकदमै सहज बनाएको बताउँछन् । उनले कष्ठ गरेर उपचारको लागी बुढा पाखा लगायत कृष्णपुर बासीलाई २०÷३० किलोमीटर धाउने बाध्यतालाई सहज गराएको बताए । निःशुल्क शिविर कृष्णपुर नगरपालिकाको गुलरिया स्थित २४ घण्टे स्वास्थ्य चौकीमा सञ्चालन भएको थियो । शिविर अवधिभरि सेती प्रादेशिक अस्पतालका नाक कान घाँटी विषेशज्ञ डा.सन्तोष डिसी र भदेश विष्टले परामर्श दिएका थिए । कृष्णपुर नगरपालिका विभिन्न क्षेत्रका बासिन्दाहरुलाई उक्त निःशुल्क स्वास्थ्य शिविरमा सहभागी भई लाभ लिन आग्रह गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.