अत्तरिया, १३ कात्तिक : सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औँ वार्षिक साधारणसभा स्थापना दिवस तथा रजतजयन्त्री मनाएको छ । मंगलबार सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विरबहादुर थापाको प्रमुख आथित्यतामा रजतजयन्ती मनाएको हो ।
कार्यक्रममा मन्त्री थापाले सुदूरपश्चिमका सहकारीले पूर्वका जस्तो वेतिथि नरहेको दावी गरे । ‘सुदूरपश्चिम प्रदेशका सहकारीहरुमा अहिले सम्म त्यस्तो वेतिथि देखिएको छैन्’, उनले भने । ‘केहि वाहिर बाट आएका सहकारीहरुले बद्नाम गर्ने काम गरेका छन् । यसबाट बच्न जरुरी छ ।’ सहकारीको नीति भित्रि रहेर काम गरेमा कुनै समस्या नहुने मन्त्री थापाले बताए । सबै सहकारीहरुलाइ एकै भाडोमा हाल्दा समस्य हुने गरेको उनले बताए । ‘देशका केहि ठाउँमा सहकारीले नागरिकको पँुजिको दुरुपयोग गरेको देखिन्छ’, मन्त्री थापाले भने । ‘केहि सरकारीले राम्रो काम पनि गरेका छन् । तर, त्यो नागरिकहरुले बुझ्न सकेको छैन् ।’ कार्यक्रमको विशिष्ट अतिथि एवं प्रध्यापक गोविन्द जोशीले सहकारीले गरेका कामको बारेमा शेयर सदस्यहरु राम्रोसंग जानकार हुन आवश्यक रहेको बताए । उनले सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय सहकारी संस्थाले गरेका कामको प्रसंसा समेत गरे । आगामि कार्यक्रमहरु पनि उत्कृष्ट रहेको उनको भनाई रहेको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको सञ्चालक रहेकी सिमा थापाले पनि केहि सहकारीले गर्दा समस्या आईरहेको बताउँदै सचेत रहन आवश्यक रहेको बताईन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा भएको हो । अध्यक्ष कुँवरले सञ्चालक समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका हुन् । उनले संस्थाले २५ बर्षको अवधिमा २०८१ असार सम्मको चुक्ता शेयर पुँजी २ करोड ९८ लाख १७ हजार ८ सय पुगेको बताए । यसैगरी असार सम्मको कुल निक्षेप १५ करोड ७८ लाख ४२ हजार पुगेको अध्यक्ष कुँवरले प्रस्तुत गरेको प्रतिबवेदनमा उल्लेख गरिएको छ । संस्थाले २०८१ असाढ सम्ममा लगानीमा रहेको कर्जा तथा सापटी रकम २२ करोड ८३ लाख ५६ हजार ३ सय ५६ पुगेको अध्यक्ष कुँवरले प्रतिवेदनमा प्रस्तुत गरेका छन् । संस्थाले आर्थिक बर्ष ०८०\०८१ मा रु ८, ७७७, ९६५ मुनाफा आर्जन गरेको छ । कार्यक्रममा संस्थाका लेखा संयोजक जनकराज जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । उनले संस्थाको आर्थिक प्रगति सन्तोषजनक रहेको उल्लेख गरे ।
यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले सहकारीले आन्दोलनले राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्ब स्थापना भएको उल्लेख गरे । देशभर ३२ हजार सहकारीहरु रहेको उनले बताए । यी सहकारीले ७ खर्ब बजेट परिचालन गरिरहेको उनको भनाई रहेको छ । सहकारीका सिद्धान्तमा आधारित भएर सञ्चालन भएमा कुनै समस्या नहुने उनले बताए । सहकारीलाई सहि बाटोमा मार्ग निर्देशन गर्नका लागि सबै भन्दा जागुरुक शेयर सदस्य हुनेपर्ने सचिव अधिकारीले बताए । कार्यक्रममा जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणीराम सापकोटा, निर्वतमान अध्यक्ष विश्वप्रकाश पौडेल, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी लगायतले मन्तव्य व्यक्त गरेका हुन् । सञ्चारकर्मी विना शाहीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमको संयोजक एंव संस्थाको सञ्चालक समिति सदस्य प्रेम भट्टले गरेका हुन् । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो । संस्थाको पूर्व सञ्चालक समिति सदस्य देखि कर्मचारीहरुलाई सम्मान गरेको हो । यस्तै समाजमा रहेर विभिन्न काम गर्ने व्यक्तित्वहरुलाई समेत सम्मान गरेको हो । दृष्टि फाउण्डेशनको सञ्चालक कल्पना भट्ट, कृषि व्यवसायी नन्दलाल भट्ट, साईकल यात्री भरतविक्रम शाह, साहित्कार निर्मल भण्डारी र संस्थागत तर्फ मर्सिकोर नेपाललाई समेत सम्मान गरेको हो । रजतजयन्तीको अवसरमा उत्कृष्ट बचत कर्ता, ऋणीहरुलाई समेत सम्मान गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा मुख्य कार्यालय रहेको सहकारी संस्थाको हाल सुदूरपश्चिमका विभिन्न ठाउँमा १० शाखाबाट सेवा दिईरहेको छ । रजतजयन्तीको अवसरमा रक्तदानको समेत कार्यक्रमको आयोजना गरेको हो ।
