अत्तरिया : धनगढीमा रहेको चैतन्य पाठशालामा पूर्व विद्यार्थी मिलन एक कार्यक्रमगरी सम्पन्न भएको छ । शिक्षा र संस्कारको सङ्गम प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशालाका नामले पाठशालाले पुर्व विद्यार्थी मिलन कार्यक्रम तिहारको पूर्व सन्ध्यामा आज (मंगलबार) एक कार्यक्रमगरी बिध्यालयमा सम्पन्न भएको हो।
विगतमा साइनिङ स्टार, स्टोन ब्रिज हुँदै हाल चैतन्य पाठशाला हुँदासम्म सोही बिध्यालयबाट पास आउट भएका सम्पूर्ण विद्यार्थीको मिलन कार्यक्रम आज पाठशालामा भएको थियो । चाडबाडको समयमा धनगढी नजिक आएका पुर्व विद्यार्थीहरु उपस्थित भएका थिए। कार्यक्रममा पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिँहले विद्यालयीय समय जीवनकै स्वर्णिम पल हुने र त्यो समय अविस्मरणीय हुने भएका कारण पुनर्ताजगी गर्ने उद्देश्यले विद्यालयले उक्त कार्यक्रमको आयोजना गरेको बताए ।
कार्यक्रममा पुर्व विद्यार्थी आयुषा रावलले आफू स्टोन ब्रिजमा पढेको भए पनि यस्तो सुन्दर कार्यक्रमको आयोजना गरेकोमा विद्यालयलाई कृतज्ञता ज्ञापन गरिन् यस्तै पुर्व विद्यार्थी सौगात भट्टले आफुले गरेको सङ्घर्ष र सफलताका कथाहरु उपस्थित कक्षा ८ र १० कक्षाका विद्यार्थीहरुलाई सुनाएका थिए ।
कार्यक्रममा धन्यवाद दिदै सामाजिक शिक्षक सन्तोष तिमिल्सिनाले पुर्व विद्यार्थीलाई विद्यालयले यो संयोग जुराउनु भनेको तपाईहरुमा समाजप्रतिको दायित्व बढ्नु भएको बताए । कार्यक्रम पाठशालाका पिटीए अध्यक्ष ईश्वर गिरी शिक्षक, शिक्षिका, पुर्व बिध्यार्थी, कक्षा८ र १० कक्षाका बिध्यार्थी सहभागि रहेका थिए ।