जागिरसँगै फूल खेतीमा रमाएका कृष्णपुरका कविन्द्र

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ देखदभुलीका कबिन्द्र बमले ४ बर्ष देखि ब्यावसायिक सयपत्री फूल खेती गरेर आर्थिक उपलब्धी लिदै आएका छन । प्लाष्टिक तथा कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको कबिन्द्रले बताए । तिहारको अवधिभर सयौं फूलको माला बिक्री हुने बमको विश्वास छ । जसबाट रु १ लाखभन्दा माथि आम्दानी हुने उनले बताए ।
पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि बम एक उदाहरण बनेका छन् । ‘फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन । १० हजार माला मात्र बेचे मुनाफा रु दुई लाख हुन्छ । ४–५ कट्ठामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पु¥याउन सकेको छैन, अहिलेको लागि अत्तरिया, धनगढी, महेन्द्रनगर, बंक, झलारी बजार छैन भन्न मिल्दैन’, उनले भने ।
बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरुपमा पुष्प खेती नगर्नुको उपज भएको बमको भनाइ छ । फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हास्यास्पद कुराबाहेक केही नभएको उनको भनाइ छ ।
भारतीय फूलको मालाले स्वदेशी उत्पादनलाई विस्थापित गरेको छ । बाहिरी देशबाट आउने फूलमा प्रतिबन्ध गर्ने हो भने मात्रै स्वदेशी उत्पादनले कमाइ गर्छ । बजारीकरणको व्यवस्था, सहुलियत कृषि बीमा र भारतबाट भित्रिने फूल र प्लास्टिकको फूललाई सरकारले प्रतिबन्ध गरेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने हो भने कृषिमा भविष्य राम्रो भएको उनले बताए ।
‘विगत चार वर्षदेखि फूल गोडमेल, फूल टिप्ने, माला उन्ने, औषधि राख्नेलगायतको काम गर्दै आएका छौँ । घर परिवारको सहयोगले पनि घर खर्च मज्जाले चलेको उनको भनाई छ । स्थानीय सरकारले लामो समय सम्म फुल राख्नको लागि सित भण्डारको निर्माण भएको खण्डमा हामीले उत्पादन गरेको फुलमालाहरु बेमौसमी समयमा पनि काममा ल्याउन सहयोग पुग्ने थियो, निर्माणका लागि आफ्नो माग रहेको बताएका छन ।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाका अनुसार ब्यावसायिक कृषि खेतीमा लागेका जो सुकै कृष्णपुरवासीलाई पालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए । यस पालिकामा सित भण्डारणको लागि ९ वटा वडालाई नै समेट्ने गरी तीन ठाउँमा चिस्यान केन्द्र बनाउने योजना रहेको बताएका छन, आगामी बर्ष यो कामले पूर्णता पाउने समेत बताएका छन । यसै पाली कृष्णपुर नगरपालिकाको गुलरिया स्वस्थ्य केन्द्रमा सर्पदंश सम्बन्धी अस्पताल समेत संचालनको तयारी रहेको समेत बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.