Agni Offset Press

जहित्यहि पिकनिक, दुर्गन्धित बन्दै गोदावरी धाम

Aarati simant

अत्तरिया : हिन्दुहरुको महान चाड दशैँ र तिहार सकिएसंगै यति बेला एक आपसमा रमाइलो गर्दै दैनिकजसो पिकनिक खान जानेहरुले कैलाली र कञ्चनपुरका विभिन्न पर्यटकीय क्षेत्रहरु भरिभराउ हुने गरेका छन् । यस्तै कैलालीको पर्यटकीय क्षेत्र गोदावरी नदीमा पनि सयौँको संख्यामा पिकनिक खानेहरु पुग्ने गरेका छन् । कैलाली र कञ्चनपुरसहित अन्य विभिन्न जिल्लाहरुबाट पनि यस क्षेत्रमा पिकनिक खान जाने गरेका हुन ।
विद्यार्थीहरु, संघसंस्थाका प्रतिनिधिहरु र परिवारका सदस्यहरु आ–आफ्नो समुह बनाएर पिकनिक खान आउनेहरुले गोदावरी क्षेत्र भरिभराउ हुने गरेको छ । तर, गोदावरीमा एक निश्चित क्षेत्रलाई पिकनिक स्पटका रुपमा व्यवस्थित नगरिदा गोदावरी नदी क्षेत्र जताततै दुर्घन्धित बनेको छ ।
प्राकृतिक सौदर्यताले भरिपुर्ण क्षेत्र अहिले पिकनिक खान आउनेहरुले निश्चित ठाउँ नपाउँदा दुर्घन्धित बनेको हो । महेन्द्रनगरबाट पिकनिक खान गोदावरी नदीमा आएका खग्रेन्द्र रावलले भने ‘नदीका छेउछाउमा डस्टपिन राखिदिएको भए राम्रो हुन थियो । मानिसहरु आउँछन, पिकनिक स्थलमा फोटाहरु खिच्छन गोदावरी धाम भनेपछि अहिले लोकप्रिय छ । यहाँको नगरपालिकाले साइडमा डसपिन राखिदियो भने भोलिका दिनमा अझै राम्रो हुन्थ्यो होला ।’
नदीको जताततै फोहोरै–फोहोर हुँदा खाना पकाउने ठाउँ समेत नभएको उनले बताए । पिकनिक स्पोर्टका लागि नगरपालिकाले छुटै क्षेत्र छुटाएको भए राम्रो हुने उनले बताए । महेन्द्रनगरबाट गोदवारीमा शैक्षिक भ्रमण सँगै पिकनिक खान आएका गोविन्दराज जोशीले गोदावरी नदी पिकनिक र मनोरञ्जनका लागि एकदमै उपयुक्त ठाउँ रहेको बताए ।
‘गोदावरी धाम एउटा पवित्र स्थल हो । तर, यहाँ फोहोर भने धेरै छ । यहाँ स्थानीय सरकारले सरसफाई गदिए अझै राम्रो हुन्थ्यो । म चार पटक आइसके, जस्तो पहिला थियो अहिले पनि त्यस्तै छ । हामी हाम्रो फोहोर आफै व्यवस्थापन गरेर जान्छौँ,’ उनले भने ।
स्थानीय सरकारले पिकनिक स्थलमा आउनेहरुबाट निश्चित रकम लिएर फोहोर व्यवस्थापन गरिदिएको भए अझै राम्रो हुने उनले बताए । उनले भने, ‘पिकनिक स्पटमा सा–साना टहराहरु बनाएर यहाँ निर पकाउ है भनेर व्यवस्था गदिएको भए हुन्थ्यो । तर यहाँ मनपरि छ । जताततै बोतलै–बोतल पालिएको छ, फुटाएको छ । पवित्र स्थलमा अलिकति विकृति नै बढेको छ । फोहोर एकदमै बढेको छ ।’ रमाइलो ठाउँ भए पनि फोहोर व्यवस्थापनको कमी रहेको उनले बताए ।
गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले गोदावरी नदीमा सरसफाइको एकदमै आवश्यकता रहेको बताइन् । अब बस्ने कार्यपालिका बैठकमा सरसफाइका लागि प्रस्ताव लिएर जाने र पास भयो भने सरसफाइ गर्नेे उनले बताइन् । नदी क्षेत्रमा एउटा साइन बोर्ड र डस्टपिन राखेर केही नियम बनाउन सकियो भने नदी क्षेत्र सफा रहने उनले बताइन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.