Agni Offset Press

साना किसान कृषि सहकारी श्रीपुरको वार्षिक साधारण सभा सम्पन्न

Aarati simant

अत्तरिया, २१ मंसिर : गोदावरी नगरपालिका वडा नं ८ स्याउले बजारमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड श्रीपुरको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष केशवराज विनाडीको सभाध्यक्षता सम्पन्न साधारण सभाका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं ८ का वडाध्यक्ष गोविन्द चौधरी रहेका थिए । यस्तै विशिष्ठ अतिथि गोदावरी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष जग्गुरम चौधरी, ४ का वडाध्यक्ष हेम प्रकाश मल्ल, ९ का वडाध्यक्ष रामलाल राना रहेका थिए ।
सभामा संस्थाको २०८०\०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष केशवराज बिनाडीले गरेका थिए भने संस्थाका लेखा समिति संयोजक दीपेन्द्र कठायतले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै पशुधन शुरक्षण समितिको प्रतिवेदन उपाध्यक्ष फलराम चौधरीले प्रस्तुत गरेका थिए । संस्थाको नीति कार्यक्रम तथा बजेट मुख्य प्रबन्धक टेकराज भट्टले प्रस्तुत गरेका थिए ।
मुख्य प्रबन्धक टेकराज भट्टले संस्थाले कृषि क्षेत्रमा काम गर्ने किसानहरुलाई कृषिमा उत्प्रेरित गर्ने कार्य गर्दै आइरहेको बताए । उनले साना किसानहरुलाई व्यवसायी बनाउन सहकारी कटिबद्ध रहेको साथै स–साना किसानहरुको आर्थिकस्तर उकास्ने कार्यका लागि नै सहकारीले विभिन्न योजनाहरु ल्याएको बताए । उनले विपन्न समुदायका किसानहरुको आर्थिक र व्यवसायीक स्तरोन्नतीका लागि साना किसान सदैव अग्रसर रहने बताए ।

७७ करोड बढीको कारोबार

२०५३ सालमा ३५ जना शेयर सदस्यहरु मिलेर ३ हजार ५ सय शेयरपूंजी बाट स्थापना भएको थियो । संस्थाले स्थापना काल देखि नै समाजमा छरिएर रहेका पुँजीलाई विभिन्न बचतको माध्यमले बचत संचित गर्दै आएको छ । संस्थाका शेयर सदस्यहरुलाई सरलरुपमा कर्जा प्रदान गरी शेयर सदस्यहरुलाई कर्जामा पहुंच पुर्याउनुका साथै पशुधन सुरक्षण तथा प्राविधिक सेवा दिँदै आइरहेको छ ।
संस्थाको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०\०८१ अषाढ मसान्त सम्ममा आइपुग्दा जम्मा शेयर सदस्य ५ हजार ७ सय ५१ जना रहेका छन् भने संस्थाको कुल शेयर पूँजी ५ करोड ५१ लाख ९९ हजार सय रहेको छ ।
यस्तै संस्थाले निक्षेप तर्फ २६ करोड ८५ लाख २६ हजार १३२ रुपैयाँ बचत संकलन गरेको छ । संस्थाले आ व २०८०\८१ मसान्त सम्ममा ७७ करोड ५६ लाख ३८ हजार ३७६ रुपैयाँ कारोबार गरेकोमा ८५ लाख ९७ हजार ४३६ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । सभाको कार्यक्रम सञ्चालक संस्थाका प्रबन्धक टेकराज भट्टले गरेका थिए भने संस्थाका उपाध्यक्ष फलराम चौधरीको स्वागत मन्तव्य राखेका थिए । यस्तै सभामा समाजसेवी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.