अत्तरियाको एपेक्स एकेडेमीमा कृषि मेला आयोजना

अत्तरिया, ५ पुस : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको एपेक्स एकेडेमीले एकदिने कृषि मेला आयोजना सम्पन्न गरेको छ । विद्यालयले दशै र तिहार बिदामा विद्यार्थीहरूलाई तरकारीको बीउ वितरण गरेको थियो, जसबाट बालबालिकाहरूले तरकारी उत्पादन गरी बिक्री वितरणका लागि विद्यालयमा ल्याएका थिए । शुक्रबार तिनै उत्पादन विक्री गर्न मेलाको आयोजना गरिएको हो । विद्यालयका प्रधानाध्यापक समीर महराले विध्यार्थीलाई कृषि प्रती आकर्षीत गर्न मेला आयोजना गरिएको बताए । उनले भने, “हरेक बालबालिकाले भविष्यमा के बन्नुहुन्छ भन्दा ‘किसान बन्छु’ भन्ने वातावरण सिर्जना गर्न आवश्यक छ । तब मात्र देश विकास सम्भव छ ।”
यस मेला मार्फत विद्यार्थीहरूलाई कृषि क्षेत्रमा रुचि जगाउन तथा उद्यमशीलताको प्रोत्साहन गर्न विद्यालयले विशेष प्रयास गरेको छ । विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तरगत समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.