अत्तरिया : कैलालीको गोदावरीका शाहिल खड्काले पेट्रोल इञ्जिनबाट चल्ने चार पांग्रे सवारीसाधन बनाएका छन् । स्थानीय मोहना मन्टेस्वरी स्कुल कक्षा १० मा अध्यनरत गोदावरी नगरपालिका–३, मालाखेतीका खड्काले आफ्नै मेहनत र लगनशीलताले पेट्रोल इञ्जिनबाट चल्ने चार पांग्रे सवारी साधन निर्माण गरेका हुन् । उनले उक्त सवारी बनाउनका लागि कुखुरा पालन र माछा पालनबाट आर्जित सम्पूर्ण बचत खर्च गरेका छन् ।
उक्त सवारीसाधन मार्फत ११ जना विद्यार्थीलाई विद्यालय सहज लैजान सकिने शाहिलको दाबी छ । उनलाई यो कार्य गर्नमा गोदावरी आविस्कार केन्द्रले पनि प्रोत्साहन गरेको छ । उनले गरेको यो साहसिक कार्यको स्थानीयले प्रशंसा समेत गरेका छन् ।
सम्बन्धित पाेस्टहरु