प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री शाह

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सीमित स्रोत र साधनकाबीच स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताएका छन्।
शुक्रबार गोदावरी नगरपालिका–१ बिजौरामा निर्माण गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्वास्थ्य सामग्री भण्डारण भवनको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा विकास साझेदार संस्थाले पनि सहयोग गरिरहेको बताए। केन्द्रले आवश्यकता र औचित्यका आधारमा सुदूरपश्चिमका स्वास्थ्य संस्थालाई स्वास्थ्य उपकरण सामग्री वितरण गर्नुपर्ने उनले बताए।

केन्द्रको स्वास्थ्य सामग्री भण्डारणले प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ुमहामारीजस्ता आपत्कालीन अवस्थामा भण्डारण भवन महत्त्वपूर्ण सावित हुनेछ।ु उनले स्वास्थ्य सेवामा भएको यो सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको र आगामी दिनमा स्वास्थ्य क्षेत्रका अन्य परियोजना पनि अगाडि बढाइने प्रतिबद्धता जनाए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.