धनगढीमा हुने ‘प्रथम निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता’को तयारी पुरा

अत्तरिया : कैलालीको धनगढीमा यही पौष १४ गतेदेखि प्रथम निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता हुँदैछ। यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ। १४ देखि १६ गतेसम्म उक्त प्रतियोगिता आयोजना गरिन लागेको हो।

सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको उद्देश्य उसु खेलाडी स्वर्गीय निता खड्का प्रतिको सम्मान, निजका आमाबुवा, घरपरिवार र समाजमा परेको दुःख र शोक कम गराउने प्रयास, शोकाकुल परिवारका लागि हामी पनि साथमै छौँ भन्ने सन्देश दिने रहेको संघका कार्यबाहक अध्यक्ष राजीव गुप्ताले बताए।

प्रतियोगितमा तीन विभागीय ९नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी० र सात प्रदेशका सात टिम गरी १० टिमको सहभागिता हुने उनले बताए। सिनियर र जुनियर गरी १९६ खेलाडी रहने र १ सय ८ पुरुष तथा ८८ महिला रहने अध्यक्ष गुप्ताले बताए। प्रतियोगिता सम्पन्न गर्न करिव ४८ लाख २५ लाख ७५० रुपैयाँ खर्च हुने तथा खेल सामग्री खरिदसहित प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले २० लाख विनियोजन गरेको छ।

बाँकी रकम विभिन्न संघसंस्थाहरुबाट उठ्ने अनुमान गरिएको अध्यक्ष गुप्ताको भनाइ छ। प्रतियोगिता धनगढीको खुला मञ्चसँगै रहेको कर्मचारी संचय कोषको खुला मैदानमा हुने छ। प्रतियोगिताका लागि आज मात्रै नेपाल प्रहरी र पोखराको टोली धनगढी आइपुगेको अध्यक्ष गुप्ताले बताए। बाँकी टीम भोलि आइपुग्ने उनले बताए। भोलि दिनभरी गर्नुपर्ने सबै काम सकेर पर्सि विहानैदेखि खेल सुरु हुने उनले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.