अछाममा भैँसी पालक किसानलाई युनाइटेड अजोड इन्स्योरेन्सले ९० हजार रुपैयाँको क्षतिपूर्ति चेक हस्तान्तरण

अछाम, २५ पुस : अछाम मंगलसेन नगरपालिका–६, डाँडा गाउँ बस्ने दुरा भण्डारीलाई युनाइटेड अजोड इन्स्योरेन्सले ९० हजार रुपैयाँको क्षतिपूर्ति चेक हस्तान्तरण गरेको छ । दुरा भण्डारीले भैंसी गुमाएपछि बिमा दाबी गरेका थिइन । उक्त दाबीको आधारमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ९० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । चेक हस्तान्तरण कार्यक्रम डाँडा गाउँमै आयोजना गरिएको थियो । जसमा युनाइटेड अजोड इन्स्योरेन्सका शाखा प्रमुख प्रेमराज रेग्मी र प्राविधिक होमराज जोशीको उपस्थितिमा चेक हस्तान्तरण सम्पन्न भएको हो ।
दुरा भण्डारीले आफ्नो पालिएको भैंसी गुमाउनु परेपछि आर्थिक समस्यामा परेका थिइन । उनले समयमै बिमा दाबी गरेपछि, इन्स्योरेन्स कम्पनीले दाबी प्रक्रिया छिटो पूरा गर्दै उक्त क्षतिपूर्ति रकम उपलब्ध गराएको हो । यस कार्यक्रमले दुरा भण्डारीजस्ता किसानहरूलाई राहत दिने मात्र नभई, बीमा योजनाहरूप्रति ग्रामीण क्षेत्रका किसानहरूको विश्वास थप बलियो बनाएको छ ।
कार्यक्रममा प्राविधिक होमराज जोशीले बीमा योजनाको महत्वबारे जानकारी गराएका थिए । उनले भने, ग्रामीण क्षेत्रमा पशुपालन व्यवसाय धेरै किसानहरूको मुख्य आयस्रोत हो । तर, कहिलेकाहीँ आउने अप्रत्याशित जोखिमले उनीहरूको आर्थिक स्थिति कमजोर बनाउँछ । यस्ता जोखिम व्यवस्थापनका लागि बिमा कार्यक्रम अत्यन्तै प्रभावकारी छ । किसानहरूले बिमामा सहभागी भएर आफ्नो व्यवसायलाई सुरक्षित बनाउन सक्नुहुन्छ ।’
क्षतिपूर्ति रकम हस्तान्तरण कार्यक्रमले स्थानीय क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको जनाएको छ । स्थानीय बासिन्दाहरूले युनाइटेड अजोड इन्स्योरेन्सको तत्परताको प्रशंसा गर्दै बिमा योजनामा सहभागी हुने प्रेरणा लिए । दुरा भण्डारीले पनि बिमा योजना प्रति कृतज्ञता व्यक्त गर्दै यस्तो क्षणमा प्राप्त सहयोगले आफूलाई ठुलो राहत मिलेको बताइन । साथै डाँडागाउँका सबै कृषकहरु हर्षित भए ।
बीमा योजनाहरूले ग्रामीण क्षेत्रमा पशुपालन र कृषि व्यवसायलाई थप सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास गरिएको छ । युनाइटेड अजोड इन्स्योरेन्सले किसानहरूको जोखिम व्यवस्थापनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.