सुप इन्चार्ज भट्टको दीर्घकालीन योजना : सुदूरपश्चिमको विकासमा दीर्ण सङ्कल्प र नयाँ शुद्धिकरणको अभियान सुरु

अत्तरिया : सुदूरपश्चिमको राजनीतिक परिदृश्यलाई ध्यानमा राख्दा विकास केन्द्रित राजनीतिभन्दा विनाश केन्द्रित सोचको प्रभुत्व देखिनु दुःखद छ। सुदूरपश्चिमका नेताहरू दीर्घकालिन योजनाभन्दा छोटो समयका व्यक्तिगत फाइदामा केन्द्रित हुँदा जनताले विकासको गति अनुभव गर्न सकेका छैनन्। यद्यपि, केही नेताहरूले यो चुनौतीलाई चिर्दै दीर्घकालीन योजना अघि सार्ने प्रयास गरिरहेका छन्।

लेनिनका विचारहरूले समाजवाद र वर्ग संघर्षलाई एउटा ठोस राजनीतिक आधार दिएका थिए, जसरी नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा सुप इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिमको विकासका लागि दीर्घकालीन योजनाहरूको खाका कोर्ने प्रयास गरेका छन्। उनले गेटा मेडिकल कलेजलाई हस्पिटल टुरिजमको रूपमा विकास गर्न, सुक्खा बन्दरगाह, औद्योगिक क्षेत्र, हरया सेज केन्द्र ,स्याउले दिपायल फास्ट ट्र्याक, सेती लोकमार्गजस्ता पूर्वाधारहरूमा जोड दिएका छन्। चुरे क्षेत्रमा जोखिममा रहेका बस्तीहरूलाई सुधार गरी सुरक्षित आवाज बनाउने उनको सोच दीर्घकालीन र प्रभावकारी देखिन्छ।

यद्यपि, अहिले उनको नेतृत्वले चुनौतीहरूको सामना पनि गरिरहेको छ। सामाजिक सञ्जालमा गरिएका आलोचनात्मक पोस्टहरूले उनलाई कमजोर पार्न खोजे पनि, उनी दीर्ण सङ्कल्पका साथ अघि बढिरहेका छन्। समाजवादी चिन्तनका समर्थक भट्टले पार्टीका नेता(कार्यकर्तालाई सामाजिक सञ्जालको प्रभावकारी प्रयोगद्वारा नयाँ शुद्धिकरण क्रान्तिको सन्देश फैलाउन आग्रह गरेका छन्। आलोचनात्मक परिस्थितिसँग जुध्दै सुदूरपश्चिमको दीर्घकालीन विकासलाई केन्द्रित गर्दै भट्टले तीनै तहका सरकारहरूको लक्ष्य हासिल गर्ने रणनीतिमा काम गरेर अगाडि बढ्नुपर्ने तर्क समेत राखेका थिए। भट्टको मुख्य योजना सुदूरपश्चिमका नौ वटै जिल्लाहरूलाई एकीकृत गर्दै विकासको मेरुदण्ड निर्माण गर्नु हो।

उनले पहाडी क्षेत्रको जनघनत्वमा आएको ह्रासलाई सम्बोधन गर्दै, ती क्षेत्रका जनताहरूको जीवनस्तर उकास्नका लागि ठोस योजना अघि सारेका छन्। उनले नौ वटै जिल्लालाई जोड्ने योजनामा विशेष ध्यान दिएर जनताको जीवनस्तर उकास्न र पहाडी क्षेत्रका जनसङ्ख्या विस्थापनको रोकथामका उपायहरू अघि बढाइरहेका छन्। यस विषयमा उनी बढी केन्द्रित भएको समेत पाइन्छ। यसक्रममा, नेकपा एमालेको आगामी मिसन चौरासी सफल बनाउन, उनले नेता र कार्यकर्ताहरूसँग प्रशिक्षण, सल्लाह र मार्गदर्शनको कार्यक्रम अघि बढाएका छन्। उनको तर्क छ, अब सामाजिक सञ्जाललाई आन्दोलनको माध्यम बनाउँदै जनतालाई सशक्त बनाउने समय आएको छ। यो सोचले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई परिपक्क बनाई पार्टीको मिसनलाई अगाडि बढाउने कुरा पुर्ण विश्वास समेत रहेको बताएका छन्।

भट्टले सुदूरपश्चिमको दीर्घकालीन विकासका लागि जुन प्रयास गरेका छन्, ती योजनाहरू दिगो राजनीतिका प्रतीक बन्न सक्छन्। तर, यी योजनाहरू सफल बनाउनका लागि सर्वपक्षीय सहयोग, दीर्घकालीन दृष्टिकोण, र एकता अनिवार्य छ। सुदूरपश्चिमको उज्ज्वल भविष्य निर्माण गर्न यस्तै नेतृत्वको खाँचो छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.