कैलालीका युवा नेता लोकराज पाण्डे ‘आगो’ भन्छन- विपिन जोशीको सम्झनामा राष्ट्रिय शोक बिदा र स्मारक बनाउ
धनगढी : नेपाली कांग्रेस कैलाली गोदावरीका युवा नेता लोकराज पाण्डे ‘आगो’ ले विपिन जोशीको सम्झनामा राष्ट्रिय शोक बिदा र स्मारक बनाउ आवश्यक रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले भनेका छन् ‘विपिन जोशीको निधनमा ईजरायलले एक दिन शोक विदा मनाउने निर्णय गरेको छ । कुरता पूर्वक भएको उहाँको निधनप्रति एक दिन राष्ट्रिय शोक बिदा मनाउनु नेपाल सरकारलाई समेत सुपका युवाको तर्फवाट हार्दिक आग्रह गर्दछु । त्यो सँगै सुपमा कुनै ठूलो मार्ग, कलेज वा स्मरणीय स्थलको नामाकरण समेत उहाँ कै नामबाट होस् । लार्न एण्ड अर्न का लागि सरकार ले दृष्टिकोण बनाउन समेत हार्दिक आग्रह छ ।’
युवा नेता आगोको दृष्टिमा, विपिनको नामबाट कुनै सार्वजनिक पार्क वा अन्य सम्पत्तिमा उनको झल्को दिने नामाकरण गर्दा आगामी पुस्तालाई उनको योगदान सम्झन र प्रेरणा लिन सहयोग गर्नेछ ।
प्यालेस्टिनी लडाकु समूह हमासको बन्धकमा रहेकै अवस्थामा मृत्यु भएका विपिन जोशीको मृत्यु भएको हो । हमास समूहबाट बन्धक रहेका बेला विपिन जोशीको मृत्यु भएको सोमबार पुष्टि भएको थियो ।
दुई वर्षअघि अर्न एण्ड लर्न कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत विद्यार्थी विपिन इजरायल पुगेका थिए । विद्यार्थीहरु इजरायल पुगेको एक महिना नपुग्दै हमासको आक्रमणमा परेका थिए । हमासको आक्रमणमा परेर १० जना विद्यार्थीको मृत्यु भएको थियो भने विपिन अपहरणमा परेका थिए ।
हमासको अपहरणमा परेको दुई वर्षपछि विपिनको मृत्यु भएको खबर आएको हो । हमासले विपिनको शव इजरायललाई हस्तान्तरण गरेर डीएनए परीक्षणबाट पनि पुष्टि भइसकेको छ ।