अत्तरिया : सुदूरपश्चिम महोत्सव २०८३ लाई व्यस्थित व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजकले विभिन्न सरोकारवाला निकाय, सामाजिक संघसंस्था तथा युवाहरूसँग छलफल तथा सुझाव संकलनलाई तीव्रता दिएको छ ।
यसैक्रममा धनगढी जेसीज, धनगढी जुनियर जेसीज, धनगढी लेडी जेसीज, जेसीजका पूर्व अध्यक्ष, धनगढीका विभिन्न लियो क्लब तथा उपेन सुदूरपश्चिमका पदाधिकारीहरूसँग महोत्सवको व्यवस्थापन, युवा सहभागिता र कार्यक्रमलाई थप आकर्षक बनाउने विषयमा छलफल गरिएको हो ।
छलफलमा महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन युवा सहभागिता बढाउने, सामाजिक योगदानलाई प्राथमिकता दिने तथा स्थानीय कला, संस्कृति र सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्ने विषयमा सुझाव प्राप्त भएका छन् ।
महोत्सवलाई मनोरञ्जन र व्यापारमा मात्र सीमित नराखी सुदूरपश्चिमको कला, संस्कृति, पर्यटन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने साझा उत्सवका रूपमा विकास गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।
आयोजकले महोत्सवलाई सुदूरपश्चिमकै गौरवपूर्ण आयोजनाका रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ । त्यसका लागि सामाजिक संस्था, युवा तथा विभिन्न सरोकारवाला निकायको सुझाव र सहकार्यलाई महत्वपूर्ण मानिएको छ ।
महोत्सवको तयारीसँगै सरोकारवालासँग भइरहेको निरन्तर छलफलले आयोजना व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । साथै, स्थानीय कला, संस्कृति, पर्यटन र उद्यमशीलताको प्रवद्र्धनमार्फत महोत्सवलाई सुदूरपश्चिमको पहिचान र सम्भावना प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्ने आयोजकको तयारी छ ।