Agni Offset Press

हसुलियामा कांग्रेस थारु विभागद्वारा जिल्ला भेला सम्पन्न

Aarati simant

अत्तरिया, २६ माघ : नेपाली कांग्रेस थारु विभाग तथा नेपाल थारु संघले हसुलियामा प्रथम कैलाली जिल्ला भेला सम्पन्न गरेको छ । भेलामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न तहका पार्टी नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । थारु समुदायको राजनीतिक सशक्तीकरण, अधिकार सुनिश्चितता, र समृद्धिको विषयमा केन्द्रित रहेर छलफल भएको जनाएको छ । मन्त्री राणाले थारु समुदायको हकहित संरक्षणमा नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउँदै समुदायको नेतृत्व विकास र नीति निर्माणमा उनीहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरिन् ।
थारु विभागका नेताहरूले समावेशिता, शिक्षा, रोजगारी, र राजनीतिक सहभागिताका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आगामी दिनमा थप सक्रिय भूमिकाका लागि माग गरे । भेलामा थारु समुदायको आर्थिक तथा सामाजिक विकासका लागि योजनाबद्ध रणनीति निर्माण गर्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा नेपाल थारु संघका केन्द्रीय तथा जिल्ला तहका पदाधिकारी, स्थानीय नेताहरू, बुद्धिजीवी, तथा थारु समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले थारु समुदायको हक, हित, र पहिचान प्रवद्र्धन गर्न सशक्त कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे ।
भेलाले विभिन्न प्रस्ताव पारित गर्दै आगामी दिनमा समुदायको सशक्तीकरणका लागि प्रभावकारी नीति तथा कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.