गोदावरी नगरमा रास्वपा गोदावरीले गर्यो कार्यसमिति विस्तार

अत्तरिया, २६ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको गोदावरी नगर समितिले नगर कार्यसमितिका रिक्त पदहरुमा पदाधिकारी चयन गरेको छ ।
पार्टीको शनिबार बसेको दोस्रो भेलाले उप सभापतिसहित, सह सचिव तथा सदस्यहरु चयन गरेको हो । उप सभापतिमा रामचन्द्र सापकोटा चयन भएको नगर सभापति दिपक ओझाले जानकारी दिए । त्यस्तै सह सचिवमा दिपकराज भट्ट चयन भएका छन् । सदस्यहरुमा मान बहादुर विष्ट, दिनेश नेपाली, दिल बहादुर साहु, लोकेन्द्र धामी र लाल बहादुर धामी चयन भएका छन् ।
यसअघि पार्टीको गत वर्षको पहिलो भेलाबाट सभापतिमा दिपक ओझा,सचिवमा भान देव पनेरु, कोषाध्यक्षमा रेवती धामी र सदस्यमा तिर्थराज जोशी चयन भएका थिए । अझै कार्यसमति बिस्तारको क्रममै रहेको सभापति ओझाले बताएका छन् ।

नगर सभापति ओझाको सभा अध्यक्षतामा शनिबार सम्पन्न भएको दोस्रो नगर स्तरीय भेलामा पार्टीका सुदूरपश्चिम सभापति प्रकाश विष्ट प्रमुख अतिथि रहेका थिए ।
अत्तरियास्थीत फारवेल फुडल्यान्डमा सम्पन्न भएको भेलामा पार्टीका प्रदेश कृषि विभाग प्रमुख कृष्ण न्यौपानेलगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.