कञ्चनपुरको भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सोमबार साँझ पौने ८ बजे तिर भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
सुपप्र ०१०१२ प ९२४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युत् पोलसँग ठोक्किएर दुर्घटना हुँदा भीमदत्त नगरपालिका १३ का २१ वर्षीय कैलाशसिंह साउद र २२ वर्षीय गणेश विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.