Agni Offset Press

वनबेहडा खानेपानी उपभोक्ता समितिको साधारण सभा सम्पन्न

Aarati simant

अत्तरिया : वनबेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको प्रथम बार्सिक साधारणसभा सम्पन्न भएको छ । समितीका अध्यक्ष प्रकाशबहादुर खडकाको सभापतित्वमा सम्पन्न उक्त सभाको प्रमुख अतिथि गौरीगंगा नगरपालिका वडा ६ का अध्यक्ष टेकबहादुर कुँवर रहेका थिए । कार्यक्रमका विशिष्ट अतिथि वडा ३ सदस्य धनिराम आचार्य र खानेपानी डिभिजन कार्यालय धनगढीका कृष्ण भट्ट रहेका थिए ।
कार्यक्रममा बिणा ग्रामीण विद्युुत सहकारी संस्था अध्यक्ष पुरन सिं कडायत, रानिफाँटा सामुदायिक वन समिति अध्यक्ष चक्र बोगटी, समाजसेबी यकम छेडाल, सिद्ध कडेँल लगायतकाले सुभकामना मन्तव्य ब्यक्त गरेका हुन । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि एबम प्रतिनिधि र ग्राहक सदस्यहरुको सहभागीता रहेको थियो ।
साधारणसभा कार्यक्रममा समिति द्वारा स्थापनाकाल देखि संस्थालाई सहयोग तथा खानेपानी पाईप लाईन बिस्तार कार्यमा अहोरात्र खटनुहुने २६ जना ब्यक्तित्वहरुलाई सम्मान तथा प्रमाणपत्र बितरण गरिएको थियो । सो समितिले हाल सम्म ५ सय ४९ धारा जडान गर्दै गौरीगंगा ३ कुचैनिमा पनि खानेपानी बिस्तार गरेको छ ।
संस्थाको आर्थिक बर्ष २०८०\०८१ को १४ लाख ९६ हजार ६ सय ८ रुपैयाँ ६७ पैसा बराबरको आयव्यय समितिकी कोसाध्यक्ष बिना चौधरीले प्रस्तुत गरेको हो । मेखराज जोशी ले स्वागत मन्तव्य गरेको कार्यक्रमको संचालन समितिका सचिव हेमन्त राज जोशी (बाजे) ले गरेका हुन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.