अत्तरिया : गोदावरी नगरपालिकाले अत्तरिया धनगढी ६ लेन सडक खण्डमा लगाउँदै गरिएको तारजालीको अनुगमन गरिएको छ । नगरपालिकाले अत्तरिया चोक देखि गेटा ६ लेन सडकमा करिब ६ किलोमिटर क्षेत्रफलमा तार जाली लगाइरहेको छ ।
गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट, नगर प्रवक्ता गोपालदत्त भट्ट, कार्यपालिका सदस्य चन्द्रा भुल लगायतको टोलीले अनुगमन गरेका हुन् । नगरप्रमुख विरेन्द्र भट्टले अनुगमनका क्रममा तारजालिको लेबलमा कमजोरी भएको साथै केही प्राविधिक त्रुटि फेला परेपछि ठेकेदार कम्पनीलाई सुधार गर्न निर्देशन दिएका छन् ।
नगरपालिकाले पैदलयात्रीहरूको सुविधाका लागी आवश्यक स्थानमा पैदल मार्गको व्यवस्था गर्न सुझाव दिएका छन् । उनले वृक्षारोपण पछि सुरक्षाका लागि तारजाली आवश्यक ठहरिएकाले हाल त्यसको काम भइरहेको र यस सडक क्षेत्रमा पुनः वृक्षारोपण गरेर यसलाई हराभरा बनाईने बताए । उनले चालु आर्थिक वर्ष भित्रै ६ लेन सडकको गोदावरी नगरक्षेत्रमा तारजाली लाग्नुका साथै, वृक्षारोपण गर्ने तथा लाईट जडान गर्ने कार्य पनि सम्पन्न हुने बताए ।
अत्तरिया–धनगढी सीमा क्षेत्रसम्म करिब ६ किलोमिटर डिभाइडरमा तारजाली लगाउन सुयल कन्स्ट्रक्सन प्रालि सँग ८० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ ।
सम्बन्धित पाेस्टहरु