Agni Offset Press

पत्रकार महासंघ बझाङका अध्यक्ष माथि चक्कु प्रहार

Aarati simant

अत्तरिया, २९ माघ : नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहलाई होटलमा बोलाएर कुटपिट भएको छ । सोमबार बेलुकी १० बजे बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० स्थित चैनपुरको देवीस्थान होटेलमा खाना खाएर कोठा फर्कदै गरेका बेला आफूलाई मष्टा गाउँपालिका–४ का विनोद कठायत लगायतका समूहले कुरा गर्नु छ भनी होटलमा बोलाएर कुटपिट गरेको सिंहको भनाइ छ ।
भोलि कुरा गरौलाभन्दा पनि जबर्जस्ती अपरहण शैलीमा कोठा लगेर चुकुल लगाइ आफूमाथि सो समूहले अन्धाधुन्ध चक्कु प्रहार र कुटपिट गरेको पत्रकार सिंहले बताएका छन् । चक्कु प्रहारबाट पत्रकार सिंहको निधारमा तीन टाका लगाइएको छ । सिंहको जिल्ला अस्पताल बझाङमा उपचार गरिएको थियो ।
नेपाल पत्रकार महासंघले पत्रकार सिंहमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जुनसुकै बहानामा भए पनि यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको रुपमा लिएको महासचिव रामप्रसाद दाहालले मंगलबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाहीका लागि महासंघले प्रशासनको ध्यानाकर्षण गराएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.